१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिककाे मृत्यु


507
Shares

काठमाडौं । मकवानपुरमा निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

सोमबार साँझ मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो। मृत्यु हुनेमा ३७ वर्षीय सु मिङवाओ, ५१ वर्षीय झाङ सिस्यु र ५० वर्षीय लुओ गुआविन रहेका छन । दुर्घटनामा दुई चिनियाँ र एक नेपाली नागिरक घाइते भएका छन ।

चालक मकवानपुर हेटौंडा-११ थानाभर्याङका ४४ वर्षीय प्रितम लामाको शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।