
भक्तपुर । भक्तपुर नगरपालिका–८ लिवालीमा आफ्नै ५ तले घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ सवा ७ बजे पाँच तलामाथिको छतबाट खसेर ४४ वर्षीय लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्