
बर्दिया । आसन्न स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ठूला–साना राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।
तराईको प्रचण्ड गर्मीमा पनि उल्लेख्य संख्यामा समर्थकका साथ उनीहरू प्रचार–प्रसारमा हिँडिरहेका छन् । निर्वाचन नजिकिएको र समयावधि कम भएकाले पनि दिउँसोको गर्मीमा हिड्नुपर्ने बाध्यता रहेको उम्मेदवारहरू बताउँछन् ।
कार्यकर्ताहरू भने पार्टीले अनिवार्य उपस्थित हुन उर्दी जारी गरेकाले सहभागी भएको बताउँछन् । केही उत्साहले आएका छन् भने केहीलाई पार्टीले कारबाही गर्ने डर छ ।
चुनावी प्रचारमा जेष्ठ नागरिक पनि सहभागी छन् । मतदाताहरू भने बाहिरको उखरमाउलो गर्मी छल्न घरभित्रै पङ्खा र कुलरको सहायता लिँदै बसिरहेका छन् ।
पछिल्लो केही दिन यता यहाँको अधिकतम तापमान ४० डिग्री सेल्सियस छ ।
प्रतिक्रिया दिनुहोस्