१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय भलिबल लिगमा एपीएफको पहिलो जित


130
Shares

काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले पहिलो जित निकालेको हो । एपीएफले आर्मीमाथि २७–२५, १३–२५, २५–२१ र २५–२३ को सेटमा जित निकालेको हो ।

पहिलो खेलमा एपीएफलाई नेपाल पुलिसले हराएको थियो । यस्तै आर्मीले एभरेस्ट भलिबल क्लबलाई हराएको थियो भने एभरेस्ट क्लबले न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई हराएको थियो । एभरेस्टले न्यू डायमण्डमाथि २७–२५, १३–२५, २०–२५, २५–२१ र १५–१३ को सेटमा जित निकालेको हो ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिम सहभागी छन् । प्रतियोगिताका विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौंथो टीमले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।