१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनलाई गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षा: बाइडेन


208
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग लोकतन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन ।

रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताएका छन । पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका छन। युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेटस्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका हुन् भने दर्जनौं घाइते भएका छन।

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १ सय ५६ जनाको उद्धार गरेको जानकारी दिएका छन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताएका छन ।

पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सारेका छन।