
काठमाडौं । साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार स्थिर रहेर सोही मूल्यमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार २ सय ९० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्