२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


रुस र इजरायलबीच वाक युद्ध


4.004k
Shares

काठमाडौं । रुस र इजरायबीच यहुदीहरुको विषयलाई लिएर वाक युद्ध चुलिएको छ ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनका नियो–नाजियोहरुको इजरायलले समर्थन गरेको आरोप लगाएका छन। यसअघि लाभरोभले अडोल्फ हिटलर यहुदी मुलकाे रहेकाे अभिव्यक्ति दिएका थिए । साे अभिव्यक्तिलाई लिएर इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले लाभरोभको अभिव्यक्तिमा माफी दिन नमिल्ने झुट भएको प्रतिक्रिया दिएका छन ।

यो अभिव्यक्ति यहुदीहरुमाथि भएको नरसंहारलाई लुकाउने प्रयत्न गरेको इजरायलका विदेशमन्त्री ल्यापिडको तर्क छ । नाजी जर्मनीले ६० लाख युरोपीयन यहुदीहरु र अन्य अल्पसंख्यकहरुको हत्या गरिएको जनाइएकाे छ ।

पश्चिमा देशहरुले पनि रुसका विदेशमन्त्री सर्गेई लाभरोभको अभिव्यक्तिको निन्दा गरेका छन ।