५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


विप्लव नेतृत्वको नेकपा विभाजित, विप्लव नै पार्टीबाट निकालिए


6.253k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । पार्टीका विद्रोही नेताहरूको भेलाले चन्दलाई महासचिवबाट हटाएको छ ।

चितवनको पर्सामा भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाउँदै धर्मेन्द्र वास्तोलाई पार्टीको संयोजक तोकेको हो ।

यस्तै खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । भेलाले नयाँ पार्टी गठन गर्ने तयारी समेत गरेको विद्रोही पक्षका एक नेताले जानकारी दिए ।

स्थानीय चुनावको उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विषयमा विवाद चर्किंदै जाँदा एक पक्षले अर्कोलाई पार्टीबाट निश्कासन गर्ने क्रम शुरु भएको हो ।

यसअघि चन्द पक्षले वास्तोलालाई पार्टीबाटै निश्कासन गरेको थियो ।