
काठमाडौं । सर्वाेच्च अदालतमा परेको नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । सरकारले गत आइतबार धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । वरियता मिचेर आइजीपी नियुक्त गरिएको चन्दै असन्तुष्ट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले त्यसको भोलीपल्ट सर्वाेच्चमा रिट दायर गर्नुभएको थियो । सरकारले वरियताको पहिलो नम्बरमा रहनुभएका पोखरेललाई पन्छाएर तेस्रो वरियतामा रहनुभएका सिंहलाई महानिरीक्षक बनाएको थियो । सरकारले आईजीपी नियुक्त गरेको धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै पोखरेलले सरकारको निर्णय खारेज गर्न परमादेशको माग गरेर रिट दायर गर्नुभएको थियो ।
मुद्दा हेर्दाहेर्देमा राखिएकाले बिहिबार पनि यसमा बहस हुने सर्वाेच्च अदालतका एक अधिकारीले इमेजखबरलाई जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्