
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य छानबीन गर्न कमिटी गठन गरेको छ ।
एन्फाले बुधबार सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर शमशेर राणा रहेको एक सदस्यीय कमिटी गठन गरेको हो । कमिटीले एक हप्तामा विवादको सत्यतथ्य पत्ता लगाएर एन्फालाई प्रतिवेदन बुझाउनेछ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुवै पक्ष छानविन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताइरीले पटक–पटक क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए । खेलाडीले घटनाको छानविन गर्न एन्फालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस्