
काठमाडौं । भारतीय टेलिभिजनको लोकप्रिय शो मध्ये एक ‘कफी विथ करण’ को नयाँ सिजन नआउने भएको छ ।
टक शो का कार्यक्रम सञ्चालक तथा फिल्म निर्माता करण जोहरले हालै सामाजिक सञ्जालमार्फत आफ्नो टक शो ‘कफी विथ करण’ को नयाँ सिजन नआउने घोषणा गरेका हुन् ।
उनको यो शो मा सेलिब्रेटीहरूको जीवनका गहिरो रहस्यहरूका बारे कुराकानी गरिने गरिन्थ्यो ।
‘कफी विथ करण’ टेलिभिजनको लोकप्रिय शो मध्ये एक हो । वास्तवमा केही दिन अगाडि यो शो चाँडै आउँदैछ र यसको सुटिङ मे बाट सुरु हुँदैछ भन्ने खबर आएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार भर्खरै बिवाह बन्धनमा बाँधिएका आलिया भट्ट र रणवीर कपूर कार्यक्रमको पहिलो अतिथि हुने दावी पनि गरिएको थियो ।
तर, करणले सामाजिक सञ्जालमा लेखेका छन्, नमस्ते, ‘कफी विथ करण’ को ६ सिजनहरू मेरो र तपाईंको जीवनको महत्त्वपूर्ण हिस्सा भएको छ । तर अहिले मैले दुखको साथ भन्नुपर्छ कि कफी विथ करण अब फर्किँदैन ।
करणको यो पोस्टबाट फ्यानहरु निकै निराश भएका छन् । यस अघिका संस्करणहरूमा शाहरुख खान, काजोल, सलमान खान, करिना कपूर, करिश्मा कपूर, सोनम कपूर, आमिर खान, अमिताभ बच्चन, दीपिका पादुकोण, ट्विंकल खन्ना, रानी मुखर्जी, ऋतिक रोशन, सैफ अली खान, सञ्जय दत्त, एकता कपूर, जोनजस्ता सेलिब्रेटीहरू अतिथिको रूपमा शोमा देखा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्