२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भरतपुरमा गठबन्धनको जित निश्चित भएकाले स्वतन्त्रलाई फकाइरहनु नपर्ने प्रचण्डको भनाई


6.955k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा गठबन्धनको जित सुनिश्चित भइसकेको दावी गर्नुभएको छ ।

चितवनमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फभन्दा गठबन्धन आफ्नै काममा अगाडि बढ्ने बताउनुभएको हो ।

आफूहरू स्वतन्त्र उम्मेदवारलाई फकाउने तर्फ नअल्झिने उहाँको भनाई थियो । फैसला चितवनका जनताले गर्ने भन्दै प्रचण्डले उम्मेदवार बन्ने स्वतन्त्रता हरेक नागरिकलाई भएको टिप्पणी गर्नुभयो ।