२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


जितपुरसिमरामा गठबन्धनको घोषणापत्र– हजार प्रतिशत सम्पत्तिकर खारेज, २ सय शय्याको अस्पताल निर्माण


130
Shares

बारा । भ्रष्टाचारमा मुलकमै पहिलो बनेको जितपुरसिमरा उपमहानगरका सत्तारुढ गठबन्धनले घोषणापत्र सार्वजनिक गरेको छ ।

सतारुढ दलका पाँच दलीय गठबन्धनले सिमरामा आयोजित सभामा उपमहानगरका प्रत्यासी उम्मेदवार सहित संयुक्त घोषणा पत्र सार्वजनिक हो ।

घोषणा पत्रमा उपमहानगरले चालु आर्थिक वर्षमा बढाएको हजार प्रतिशत सम्पत्ति कर खारेज गर्ने, २ सय शय्याको श्रम अस्पताल निर्माण गर्नेे उल्लेख छ ।

यस्तै, शिक्षामा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने, पर्सा राष्ट्रिय निकुञ्जमा वन र वन्यजन्तुको संरक्षण गरी पर्यटक प्रवर्द्धनका लागि समन्वय गर्ने लगाएतका प्रतिवद्धता जनाइएको छ ।

कार्यक्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार राजन पौडेलले अगामी दिनमा उपमहानगरभित्र विगतमा बन्दै आएको मेयर–उपमेयर बजेट खारेज गरेर जनताको बजेट बन्ने बताउनुभयो ।