
काठमाडौं । शेयर बजारमा आज (बिहीबार) पनि उच्च गिरावट जारी रह्यो ।
उतार चढावबीच बजार परिसूचक नेप्से ३७ अंकले ओरालो लागेर २२ सय ३८ मा आएर थामियो । कारोबार भने सामान्य बढेर डेढ अर्ब नाघ्यो ।
सबै समूह राताम्मे रहँदा दुवै बीमा समूहमा अढाई सय अंक हाराहारीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४६ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ६६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
बिहीबार १ सय ८८ कम्पनीको मूल्य ओरालो लाग्दा जम्मा ५ कम्पनीको बढेको छ । घटेको बजारमा पनि जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा भने सकारात्मक सर्किट लाग्न पुग्यो ।
प्रतिक्रिया दिनुहोस्