२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाल्पामा आगलागी हुँदा एक जनाको मृत्यु


260
Shares

काठमाडौं । पाल्पाको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका– ४ का ७९ वर्षीय मानबहादुर सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक्लै बस्दै आएका सोमैको घरमा बिहिबार राति एक बजे आगो लागेको थियो ।

आगोले घर जलेर नष्ट भएको प्रहरीले जनाएकाे छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।