१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु


247
Shares

काठमाडौं । धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कुशेटारबाट मदेनतर्फ आँउदै गरेको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुँदा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ वर्षीय ईन्द्र बहादुर याखाको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।