
काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएकाे छ ।
यहि वैशाख ३० गते हुने स्थानीय तहकाे चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध बागी उम्मेदवारी दिएका कांग्रेस कार्यकर्ताको विवरण तत्काल पठाउन जिल्ला समितिलाई कांग्रेसले निर्देशन दिएको हाे ।
पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता स्वतः पाँच वर्षका लागि खारेज हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ ।
विभिन्न पालिकामा कांग्रेसका दर्जनौं बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन।
प्रतिक्रिया दिनुहोस्