८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इजरायलमा आतंकवादी हमला बढ्दै


7.241k
Shares

काठमाडौं । इजरायलमा केही हप्तादेखि आतंकवादी हमला तीव्र रुपमा बढिरहेकाे छ।

बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका छन। साे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गर्नका लागि नाकाबन्दी समेत सुरु गरेको छ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतंकवादी र आतंकवादीलाई सहयोग गर्नेलाई कडा कारबाही गरिने समेत बताएका छन । आतंककारीले सेन्ट्रल पार्कमा धेरै मानिसहरूलाई बञ्चरो र चक्कुले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन।

साे हमलामा घाइते भएका ४ जनामध्ये एकको अवस्था गम्भीर रहेको छ। आतंकवादीहरुको खोजी अझै जारी रहेको र सबै शंकास्पद सवारी साधनको खोजी भइरहेको इजरायल प्रहरीले जनाएको छ।

पहिला पनि अल अक्सा मस्जिदमा आक्रमणकारीहरूले हमला गरिसकेका छन।