
काठमाडौं । चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान गरिएको छ ।
समाचार एजेञ्सी एएफपीका अनुसार एशियन ओलम्पिक काउन्सिलले एक वक्तब्य मार्फत सेप्टेम्बर १० देखि २५ सम्म चीनको ह्याङचौमा आयोजना गर्ने तय भएको एसियाड स्थगित गरिएको जनाएको हो ।
काउन्सिलले प्रतियोगिताको अर्को मिति पछि घोषणा गरिने उल्लेख गरेको छ ।
खेल आयोजना हुने ह्याङचौ शहर हालै महिना दिन लामो लकडाउन गर्ने गरी कोरोना फैलिएको साङहाइको नजिकै पर्ने भएकाले चीन सरकारले पूर्व सतर्कताका लागि खेल स्थगित गरेको अनुमान गरिएको छ । गत महिना मात्रै आयोजकले एसियाडका लागि आवश्यक पर्ने ५६ वटा खेल स्थलको निर्माण पूरा भएको बताएका थिए ।
चीन सरकारले भने औपचारिक रुपमा खेल स्थगित गरेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्