
काठमाडौं । मधेश प्रदेश कोरोना संक्रमणमुक्त प्रदेश बनेको छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा संक्रमितको संख्या शून्यमा झरेकाे हाे । कोरोना महामारी सुरूवात भएयता प्रदेशमा हालसम्म ४१ हजार ४ सय १७ संक्रमित भए । जसमध्ये ४० हजार ३ सय ५५ निको भएर घर फर्किए ।
सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।
यस्तै, प्रदेशमा करिब ८२ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् ।
सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, खोपसम्बन्धी निरन्तर प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेकाे झाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्