१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको मेयरमा आफू नै योग्य : केशव स्थापित


13
Shares

काठमाडौं । काठमाडौ महानगरपालिकामा नेकपा (एमाले)को तर्फबाट मेयर उम्मेदवार केशव स्थापितले काठमाडौंमा आफू नै योग्य उम्मेदवार रहेको दाबी गर्नुभएको छ ।

काठमाडौमा आज पत्रकार सम्मेलन गरि उहाँले काठमाडौं महानगरलाई समृद्ध, सुरक्षित र जिवन्त सांस्कृतिक नगर बनाउने योजना पनि सुनाउनुभयो ।

आफू र आफ्नो टिमलाई जिताएर महानगरपालिकाको सेवा गर्ने मौका दिन पनि उहाँले आग्रह गर्नुभयो ।

काठमाडौंका सांस्कृतिक सम्पदाको संरक्षण, भौतिक पूर्वाधारको स्तरोन्नत्ति, शिक्षा स्वास्थ्य तथा सामाजिक सुरक्षा र समग्र उपत्यकाको पूनर्जागरण आप्mनो प्रथामिकता रहने उहाँको भनाइ थियो ।

उहाँले घोषणापत्रमा लेखिएका सवै प्रतिवद्धता पूरा गर्ने पनि बताउनुभयो ।