
दाङ । जिल्लामा प्रहरीले एक थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ ।
लमही नगरपालिका–३ टिकुलीगढस्थित जुनु वडी विल्डर्स ग्यारेजबाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बागलुङका २० वर्षीय सोमु विक, रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार र लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित उक्त पेस्तोल बरामद गरेको हो ।
पक्राउ परेका तीन जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ
प्रतिक्रिया दिनुहोस्