२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जापानद्वारा थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का


208
Shares

एजेन्सी । जापानले रुसका थप १ सय ४० जना नागरिकको सम्पत्ति रोक्का गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले थप १ सय ४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गर्नुभएको हो ।

भ्रमणका क्रममा बेलायत पुग्नुभएका जापानका प्रधानमन्त्री किशिदाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटका क्रममा यस्तो घोषणा गर्नुभएको हो ।

घोषणाकै क्रममा किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताउँदै रुसको रवैया युरोपका लागि मात्र समस्या नभई विश्वभरको समस्या भएको बताउनुभयो ।

जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सह्य नहुने समेत बताउनुभयो ।