१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेनुलाई भरतपुरको मेयर बनाउन मैले भनेको हुँ : प्रधानमन्त्री देउवा

‘प्रचण्ड लचिलो भएर गठबन्धन बनाउन सजिलो भयो’

624
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताउनुभएको छ ।

सभापति देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताउनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले प्रकाशमान सिंहकी श्रीमती सृजनालाई काठमाडौंको मेयरमा उम्मेदवार बनाउन पनि आफैँले भनेको खुलासा गर्नुभयो ।

सभापति देउवाले पुष्पकमल दाहाल लचिलो भएकोले गठबन्धन बनाउन सजिलो भएको पनि बताउनुभयो ।

पार्टीको महाधिवेशन र केन्द्रीय समितिले पनि सर्वसम्मतिले गठबन्धन बनाउने कुरालाई पारित गरेपछि पनि केहीले विरोध गरेको भन्दै उहाँले आक्रो व्यक्त गर्नुभयो ।

सभापति देउवाले चितवनमा राम्रो काम गरेकाले रेणुलाई मेयरमा जिताउनुपर्ने बताउनुभयो । काठमाडौंको फोहोरको र यातायातको समस्या समाधान गर्छु भन्ने सिंहलाई पनि जिताउनुपर्ने उहाँको भनाइ छ ।

राजधानी काठमाडौंमा मेयरका महिला उम्मेदवारले हारे बाहिरी दुनिँयाले के भन्लान् भनि प्रश्न समेत गर्नुभयो ।