
काठमाण्डौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।
आज (शनिबार) बिहान हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार दिउँसो भने देशभर आंशिकदेखिसामान्य बदली रहनेछ। प्रदेश-१, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी र बाँकी प्रदेशका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना हुने भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबार राती भने प्रदेश-१ लगाएत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ।
साथै प्रदेश-१, मधेश प्रदेश , बागमती प्रदेश केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्