१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


श्रींलकामा फेरि आपतकालकाे घोषणा


1.365k
Shares

काठमाण्डौं । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षेले फेरि आपतकाल घोषणा गरेका छन ।

सरकारविरोधी प्रदर्शनहरु चर्किरहेका बेला राष्ट्रपति राजपाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् । सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानूनको आह्वान समेत गरेकाे त्यहाँका सञ्चार माध्यमले जनाएका छन ।

देशको आर्थिक संकटलाई लिएर शुक्रबार विभिन्न ट्रेड युनियनहरूले राष्ट्रपतिको राजीनामा माग गर्दै देशव्यापी हड्ताल समेत गरेका थिए । श्रीलंकाको संसदमा तोडफोड गर्न खोजेका विद्यार्थीमाथि प्रहरीले फेरि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । लामो लोडसेडिङ, खाद्यान्न, इन्धन र औषधिको तीब्र अभावले २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा व्यापक पीडा निम्त्याएको छ ।

सन् १९४८ मा स्वतन्त्र भएपछि श्रीलंका अहिलेसम्मकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।