१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरेका दुई वटा गाडीमा आगजनी


910
Shares

काठमाडौ । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएकाे छ ।

निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हाे । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राती आगजनी गरेको हो । अज्ञात समूहले स्कर्पियो र मिनी बसमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो । २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले बताएकाे छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।