
काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सृजना सिंहले लिच्छवीकालिन गुथी परम्परा र संरचनाका संरक्षण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
१८ महाविहार, १६ बहि र १० शाक्य विहारका प्रतिनिधिबीच उहाँले बौद्ध संघ परम्परा र संचरनाको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विगतमा सरकारले ल्याएको गुथी विधेयकविरुद्ध आफूसमेत सडकमा आएको भन्दै उहाँले काठमाडौंको मौलिक धर्म, कला, संस्कृति र सभ्यता संरक्षणमै लाग्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा प्राध्यापक डाक्टर नरेशमान बज्राचार्यले नेपाल मण्डलको प्राचिन सभ्यता र आधुनिकताबीच सन्तुलन गर्ने सक्ने नेतृत्व काठमाडौंले खोजेको बताउनुभयो ।

पर्यटन व्यवसायी योगेन्द्र शाक्यलगायत विभिन्न विहारका प्रतिनिधिले काठमाडौंको मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर साझा शहरको रूपमा विकास गर्ने मेयरका उम्मेदवारलाई मतदान गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्