२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रसुवामा २ सय ५५ कर्मचारी खटाइने


0
Shares

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै रसुवा जिल्लामा २ सय ५५ कर्मचारी खटिने भएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी गरी २ सय ५५ कर्मचारी निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पहिलो चरणमा सबैभन्दा टाढा रहेको मतदान केन्द्र लाङटाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई खटाइनेछ ।

जिल्लामा ३४ मतदान स्थल र ५१ मतदान केन्द्र छन् ।