२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


टोटनह्यामसँग रोकिएपछि लिभरपुललाई धक्का


416
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरसँग बराबरीमा रोकिएपछि लिभरपुलको उपाधि यात्रामा धक्का लागेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुल र टोटनह्यामले एक एक गोलको बराबरी खेलेपछि उपाधि यात्रामा धक्का लागेको हो ।

टोटनह्यामका ह्युङ मिन सनले पहिलो गोल गरेको खेलमा लिभरपुलका लुइस डियाजले बराबरी गोल गरे ।

खेलको ५६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर, ७४ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याएका थिए ।

यो बराबरीपछि लिभरपुलले प्रिमियर लिगको शिर्ष स्थानमा एक खेल कम खेलेको म्यान्चेस्टर सिटीलाई गोल अन्तरको आधारमा उछिनेको छ । तर सिटीले आज आइतबार हुने न्युकासल युनाइटेड विरुद्धको खेल जितेको खण्डमा तालिकामा लिभरपुलसँग तीन अंकको स्पष्ट अग्रता लिनेछ ।

शनिबार राति भएका प्रिमियर लिगका अन्य खेलहरुमा चेल्सी र वुल्भरह्याम्पटन वान्डरर्सले २–२ गोलको बराबरी खेल्दा ब्राइटनले म्यान्चेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । यसैगरी ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले बर्न्लेमाथि ३–१ को तथा क्रिष्टल प्यालेसले वाट्फोर्डमाथि १–० को जित निकालेका छन् ।