१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको आज पोखरामा संयुक्त चुनावी सभा


195
Shares

काठमाडौं । सत्ता गठबन्धनले आज आइतबार कास्कीको पोखरामा संयुक्त चुनावी सभा गर्ने भएको छ ।

पोखराको अमरसिंह चौरमा आइतबार बिहान ११ बजे गठबन्धनले चुनावी सभा गर्ने भएको हो । सो सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको एक नेताले बताएका छन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् । सत्ता गठबन्धन र एमालेले पोखरा महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएका छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।