
काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट हलिउडमा डेब्यू गर्दै छिन् । उनी हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अभिनय गर्ने तयारीमा छिन् । आलियाको यो पहिलो हलिउड डेब्यू फिल्म हो ।
अहिले उनी करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को छायांकनमा व्यस्त छिन् । यस फिल्ममा उनको साथमा रणवीर सिंह र जया बच्चन मुख्य भुमिका रहेको छन् ।
भारतीय सञ्चार माध्यम पिंकभिलाका अनुसार ‘करण रकी और रानीकी प्रेम कहानी’ को छायांकन सकेपछि आलिया हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ को छायांकन लागि यहि महिनामा बेलायत जाने तयारीमा छिन् ।
आलियाले हलिउडमा डेब्यू गर्ने फिल्म नेटफ्लिक्समा रिलिज हुने बताइएको छ । टम हार्परको निर्देशनमा बन्न लागेको फिल्मको मे देखि अगस्तसम्म सुटिङ सकिने जनाइएको छ ।
स्पाइ थ्रिलर जनरामा बन्ने फिल्ममा चर्चित हलिउड अभिनेत्री गल गडोट र अभिनेता जेमी डोरनानको मुख्य भूमिका रहने छ ।
प्रतिक्रिया दिनुहोस्