
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षसम्मका लागि नेकपा एमालेलाई जिताउनका लागि आग्रह समेत गर्नुभएकाे छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएकाे पत्रकार सम्मेलनलाई आज (आइतबार) सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय, प्रदेश र संघमा यसपालि र अर्को पाँच वर्षपछि पनि नेकपा एमालेलाई जिताउन उहाँले अपिल समेत गर्नुभएको हो ।
पाँच वर्षमा दीर्घकालीन विकासका योजनाको काम गर्ने र अर्को पाँच वर्षभित्रमा भने सोही योजनालाई संस्थागत गर्ने उहाँकाे तर्क छ ।
साथै नेपाली कांग्रेस नेकपा एमालेसँग सहकार्य गर्न कुरै नगरेकाे र नेकपा माओवादी केन्द्रलाई मात्र बाेकेर हिडेकाे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्