१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस


208
Shares

काठमाडौ । सरकारले संघीय संसदको बजेट अधिवेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ३ गते दिउँसो ४ बजे संघीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो । सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठकको आह्वानका लागि सिफारिस गरेको हो । सबैधानिक व्यवस्था अनुसार संघीय सरकारले प्रत्येक वर्ष जेठ १५ गतेभित्र वार्षिक बजेट संसदमा पेश गर्नुपर्नेछ ।

सरकारले बजेट प्रस्तुत गर्नु अघि बजेटमाथि छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । गत वर्ष सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो ।