
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेश पठाउने भन्दै २ महिनामै १० करोड भन्दा बढी ठगी भएको छ ।
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै वैदेशिक परामर्श संस्था, ट्राभल एजेन्सीसहित व्यक्तिगत रुपमा ठगी बढेसँगै उजुरी रकम समेत बढेको हो । आलू आवको १० महिनाको अवधिका सबै भन्दा बढी उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
चालू आवको फागुनसम्म औसत मासिक ३ करोड रुपैयाँ रहेको ठगीका उजुरी चैतमा ६ करोड पुगेको छ भने वैशाखको २५ गतेसम्म ५ करोडको हाराहारी पुगेको पाइएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्