१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दिउँसो-राती आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना


585
Shares

काठमाडाैं। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको  संयुक्त प्रभाव रहेको छ।

आज (साेमबार) बिहान हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । देशका अन्य पहाडी भू-भागमा भने आंशिक बदली रहेको माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। 

साेमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएकाेछ। साथै प्रदेश-१, बागमती प्रदेश ,गण्डकी र बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। साेमबार राती भने  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने भएकाे छ । बाँकी भू-भागमा भने मौसम सफा रहनेछ।

साथै कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।