२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


न्यायपालिकाप्रति जनविश्वास बढाउन प्रधानन्यायाधीश कार्कीकाे प्रतिवद्धता


104
Shares

काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायपालिकाप्रति जनविश्वास बढाउन सुधारको काम गर्नुपर्ने र त्यसमा आफू प्रतिवद्धा रहेको बताउनुभएको छ ।

कानून दिवसका अवसरमा आज ( साेमबार ) एक वक्तव्य जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आफू प्रतिवद्ध रहेको बताउनुभएको हो । न्यायिक मूल्य मान्यतामा भएको क्षयीकरणलाई निस्तेज गर्दै स्वतन्त्र न्यायपालिका सम्बन्धि मान्यता, संवैधानिक सर्वोच्चता, नागरिकको हक अधिकारको संरक्षणलगायत विधिको शासनको पालनामा न्यायपालिका प्रतिबद्ध भएर अगाडि बढिरहेको उहाँको तर्क छ ।

उहाँले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेस गरेको प्रतिवेदनले औल्याएका सुझावहरू कार्यान्वयन भइरहेको र क्रमशः हुँदै जाने पनि बताउनुभयो । सर्वोच्च अदालतले अल्पकालीन रुपमा गोला प्रक्रियाबाट पेसी व्यवस्थापनको काम गरिरहेको भन्दै उहाँले दीर्घकालीन रुपमा स्वचालित पेशी व्यवस्थापन प्रणाली अपनाउने तयारी भएको समेत बताउनुभएकाे छ ।

कोरोनाका कारण सेवा प्रवाह संकुचन भएको भन्दै उहाँले पुराना मुद्दा टुंग्याउन सर्वोच्च अदालत प्रशासन प्रतिवद्ध रहेको साे वक्तव्यमा भनिएकाे छ । प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गते कानून दिवस मनाइन्छ ।

ऐनमार्फत प्रधानन्यायालय स्थापना भएकाले आज (साेमबार) को दिनलाई स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण सम्बन्धी मान्यताको व्यवहारिक कार्यान्वयन भएको दिनको रुपमा स्मरण गर्ने चलन छ ।