७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


फिलिपिन्समा राष्ट्रपतिय निर्वाचनका लागि मतदान


104
Shares

एजेन्सी । फिलिपिन्समा राष्ट्रपतिय निर्वाचनका लागि मतदान भइरहेको छ ।

पूर्व तानाशाह फर्डिनाण्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर र बहालवाला उपराष्ट्रपति लेनी रोर्बेदो चुनावी मैदानमा रहेकाले पनि यसलाई ऐतिहासिक चुनाव भनिएको छ ।

जसका कारण अन्य चुनावहरूमा भन्दा मतदान निकै भारी मात्रामा हुने अपेक्षा गरिएको छ ।

३६ वर्षअघि सत्ताबाट बाहिरिएका मार्कोस पुत्र जुनियर मार्कोसले भारी बहुमतले यो चुनाव जित्ने मत सर्वेक्षणहरूले देखाएका छन् ।

विहान ६ बजेदेखि साँझ ७ बजेसम्मका लागि तय गरिएको मतदान अवधिमा ६ करोड ७५ लाख मतदाताले आफ्नो अधिकार प्रयोग गर्दैछन् ।

निर्वाचन जसले जिते पनि विगत ६ वर्षदेखि सत्तामा रहेका अनुदारवादी राष्ट्रपति रोड्रिगो डुतेर्ते चाहिँ बाहिरिने छन् । विद्युतीय मतदान भएकाले चुनाव सकिएको केही घण्टामै परिणाम आउने बताइएको छ ।