
बैतडी । डिलाशैनी गाउँपालिकाका अध्यक्षका उम्मेदवार लोकेन्द्र राना (शितल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि कुटपिटको आरोपमा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षका लागि उठेका रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले सोमबार जोशीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
कुटपिटबाट घुँडामा चोट लागेका जोशीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरीचौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
राना गठबन्धन दलबाट डिलाशैनीमा साझा उम्मेदवार समेत रहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्