 
	    बिराज रोस्यारा (इमेज)
कैलाली, असार ३ । सुदूरपश्चिम प्रदेशमा बुधबार ३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ३१ र काठमाडौंमा गरिएको परीक्षणमा एक गरी थप ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई/दुईजनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
कैलालीमा बुधबार थपिएका २१ जना संक्रमितमध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपति ‘क्वारेन्टिन’मा रहेका छन् । दुईजना मोहन्याल विश्व माविको क्वारेन्टिनमा छन् ।
काठमाडौंमा पुष्टि भएका एकजनाको स्थानीय तह खुलेको छैन ।
डोटीका पाँचजना संक्रमित दिपायल सिलगढी नगरपालिकाका हुन् ।
बुधबार थपिएका अछामका संक्रमितहरु मेल्लेख गाउँपालिकाका २२ र २४ वर्षीय युवक रहेका छन् ।
यस्तै, बझाङको थलारा गाउँपालिकाकी १० वर्षीया बालिका र खप्तडछान्ना गाउँपालिकाका ७० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३७९ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका १२४ जना, कञ्चनपुरका ७५, डडेल्धुराका ३९, डोटीका ४२, बैतडीका २७, अछामका २२, बाजुराका २१, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । ५२ जना निको भएर घर फर्किइसकेका छन् ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्