२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


मैले मेयरमा जित्ने पक्कापक्की जस्तै हो : सिर्जना सिंह


2.184k
Shares

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आफूले मेयरमा जित्ने पक्कापक्की जस्तै भएको बताउनुभएको छ ।

घरदैलो कार्यक्रममा पाएको आश्वासनले गर्दा आधा चुनावी लडाइँ जितेको महशुस भएको उहाँको दाबी छ ।

उहाँले नेपाली कांग्रेस आफैँमा पुरानो पार्टी भएकोले पुरानो पार्टीले महिलालाई विश्वास गरेर प्रमुख पदमा उठाउनु नै सम्पूर्ण नेपालीहरूको जित भएको बताउनुभयो । मतदाताहरूको ठूलो अपेक्षा नरहेको उहाँको बुझाई छ ।

फोहोरको व्यवस्थापन, सडकको, खाल्डाखुल्डी, धुलोरहीत, प्रदूषण कम भएको शहरमा ट्राफिकको व्यवस्थापन होस, पानी धारामा आइदेओस्, नदीनाला सफा होस् जस्ता माग स्थानीयको छ ।

आपूmले महानगरको जिम्मेदारी पाएपछि यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौती देखेको भन्दै उहाँले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताउनुभयो ।