२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


उपत्यका छोड्ने मतदाता बढे


559
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको दिन ३० वैशाखमा आन्तरिक उडान बन्द हुने भएको छ । निजी वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै निर्वाचनका दिन सम्पूर्ण उडान बन्द हुने जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय उडानमा भने रोक नलगाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । टिकट लिएका पर्यटकले भने आन्तरिक उडान पनि गर्न पाउने भएका छन् । तोकिएका उडानबाहेक अन्य नियमित आन्तरिक उडान नहुने कार्यालयले बताएको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि निःशुल्क सटल बसको व्यवस्था हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटक यातायात व्यवसायीहरुसँगको समन्वयमा सटल बस सेवा सञ्चालन गर्न लागेको हो । साथै विमानस्थल कार्यालयले पनि अत्यावश्यक सेवाको रुपमा रहेको विमानस्थल अपरेसन सुचारु रहने जनाएको छ ।

निर्वाचनका दिन सार्वजनिक तथा निजी सवारीसाधन पनि बन्द हुनेछन् । अनुमतिपत्र लिएका सवारीमात्र गुड्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुनेछन् ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।