२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एस्टन भिल्लालाई हराउँदै लिभरपुलको उपाधि होड कायमै


65
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ ले हराएको छ ।

एस्टन भिल्लाको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन जोएल माटिप र सादियो मानेले एक एक गोल गरे । पराजित टोली एस्टन भिल्लाका डग्लस लुईजले सुरुवाती गोल गरेपनि टोलीले अग्रता जोगाउन सकेन ।

खेलको तेस्रो मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । तर, छैटौं मिनेटमा माटिपले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा फर्काए । त्यसपछि ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुलले तालिकाको शिर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग अंक बराबरी गरेको छ । ३६ खेल खेलेको लिभरपुलको ८६ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको समान ८६ अंक भएपनि गोल अन्तरको आधारमा शिर्ष स्थानमा छ ।

सिटीले बुधबार वुल्भरह्याम्पटन वान्डरर्सको सामना गर्नेछ । बुधबारै हुने अन्य खेलहरुमा चेल्सी र लिड्स युनाइटेड, लेष्टर सिटी र नरिच सिटी तथा वाट्फोर्ड र एभर्टन भिड्नेछन् ।