
काठमाडौं । साउथका फिल्मका अभिनेता ह्याण्डसम एण्ड चकलेट ब्वाई महेश बाबुले बलिउड फिल्म नखेल्ने घोषणा गरेका छन् ।
उनले बलिउड फिल्मले आफूलाई धान्न नसक्ने बताउँदै बलिउडमा काम नगर्ने बताएका हुन् ।
साउथ फिल्मको सफलता बढेसँगै बलिउड र साउथबीचको प्रतिस्प्रर्धा पनि चर्किएको छ । बलिउडका भन्दा साउथको फिल्महरू विश्वव्यापी रुपमा भव्य प्रर्दशर्नीमा आउने गर्दछन् ।
उनले सोमबार फिल्म ‘सरकारु वारी पाता’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उक्त कुरा बताएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार बलिउड फिल्ममा काम गरेर समय बर्बाद नगर्ने उनले बताएका छन् ।
उनी आफूलाई बलिउड फिल्मबाट धेरै अफर नआउने र बलिउड फिल्मले आफुलाई लिन नसक्ने बताउँछन् । ‘म बलिउडमा काम गर्न चाहन्न । जो मलाई धान्न सक्दैनन्,’ उनले भनेका छन्, ‘यहाँ मैले राम्रो स्टारडम र सम्मान पाएको छु । यदि महेश बाबुले बलिउडमा डेब्यू गरे पनि फिल्म चलेन । फिल्म फ्लप भयो भने यति ठूलो सुपरस्टारको स्टारडममा असर पर्ने निश्चित छ ।’
महेश बाबुमा चकलेटी हिरोको छविले चिनिने गर्दछन् । यस्तो अवस्थामा उनी एक्सन अवतारमा, फिक्का पर्ने सम्भावना देखिन्छ । महेश बाबु अभिनयमा साउथका अन्य स्टारभन्दा अलि कम छन् ।
प्रतिक्रिया दिनुहोस्