
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ छोटेपामा मंगलबार साँझ ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक मकवानपुर घर भएका ३४ वर्षीय सन्त बहादुर तितुङ र ट्रक धनी म्याग्दीकै अन्नपुर्ण–१ दोवाका ४३ वर्षीय खुम बहादुर रामजालीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा म्याग्दीकै बेनी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक अनियन्त्रित भइ सडकबाट अन्दाजी ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भुरुङ तातोपानीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्