
एजेन्सी । भारतकी ‘नृत्य रानी’ भनेर चिनिने सपना चौधरी प्राय विवादमा तानिने गर्छिन् ।
सपना यसपटक आफ्नो पुरानो ठगी मुद्दामा अदालतमा हाजिर भएकी छिन् । जसका कारण उनको चर्चा फेरि बढेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सन् २०१८ को अक्टोबर महिनामा लखनउको आशियाना थाना क्षेत्रको स्मृति उपवनमा ‘डान्डिया नाइट्स विथ सपना चौधरी’ लाइभ कन्र्सट मा उनी सहभागी हुने भनिएको थियो । कन्सर्ट हेर्नको लागि मानिसहरू २५ सय भारतीय रुपैयाँ को टिकट काटेर कन्सर्ट स्थलमा पुगेका थिए ।
तर त्यस दिन उनी प्रस्तुती दिन आइनन् र आयोजकले कन्सर्टलाई रद्द गर्नुपरेको थियो । सपनाले कार्यक्रममा आउने प्रतिवद्धता जनाएर नआएपछि करोडौं घाटा भएको भन्ने कुरामा सपना सहित ६ जना आयोजक दोषी देखिएको विषय प्रहरी चौकीमा पुगेपछि सपना विरुद्ध ठगीको मुद्दा दर्ता भएको थियो ।
तर मुद्दा दर्ता भएपछि अदालतले तोकेको पेशीमा नआएको भन्दै लखनउको एसीजिएम –५ (अतिरिक्त मुख्य न्यायिक मजिस्टे«ट) ले सपना विरुद्ध गैर जमानत वारेन्ट दर्ता गरेको थियो । सोहि गैर जमानत वारेन्टलाई फिर्ता गराउन उनी मास्क लगाएर अदालत पुगेकी थिइन् । भारतीय सञ्चार माध्यमका अनुसार सपना माथि दर्ता भएको गैर जमानत वारेन्टलाई अदालतले फिर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्