
बझाङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित मौरी खोला जलबिद्युत् आयोजनाको पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्