११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


डोटीमा बस दुर्घटना हुँदा २५ जना घाइते, ५ जनाकाे अवस्था गम्भीर


91
Shares

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उनीहरुको डोटीमा उपचार भइरहेको छ । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस पूर्वीचौकी गाउँपालिका वडा नं ४ मा आज (बिहिबार) बिहान ५ बजे दुर्घटना भएकाे हाे ।

बस सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।