२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


429
Shares

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्वार यादवको घटनास्थलमै मृत्यु भएको हो ।

टिपर सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जानकारी दिएको छ ।