१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा बहुमतका संयोजक बास्तोला नियन्त्रण मुक्त


390
Shares

काठमाडाैं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको ६ घण्टापछि छाडेको छ ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोला र उहाँका सहयोगीहरु राजेन्द्र साउन तथा अचल मोक्तानलाई भालुबाङ प्रहरीले आज (बिहीबार) बिहान नियन्त्रणमा लिएकोथियो । बुटवलमा बुधबार साँझ गराइएको विष्फोटमा संलग्न रहेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । तिनै जनासँग बुटवल विष्फोटका विषमा सोधपुछ गर्दा विष्फोटमा संलग्न नरहेको विश्वस्त भएपछि छाडिएको भालुवाङ प्रहरीले जनाएको छ ।

बास्तोला पक्राउ परेपछि नेकपा बहुमतका केन्द्रीय सदस्य हेमन्तप्रकाश वलीले चुनाव बहिष्कार वा निर्वाचन बिथोल्ने नीति नभएको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो ।